गोरखा । गण्डकी प्रदेश सरकारका मन्त्री तथा नेपाली कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेले आफूमाथि लगाइएका मानव तस्करी र रातो पासपोर्ट दुरुपयोगसम्बन्धी आरोपको खण्डन गरेका छन्।
केही सञ्चारमाध्यममा प्रकाशित समाचारहरू तथ्यहीन र भ्रामक रहेको दाबी गर्दै न्यौपानेले आफ्नो राजनीतिक तथा सामाजिक प्रतिष्ठामा आँच पुर्याउने प्रयास भएको बताएका छन्।
उनले प्रकाशित समाचारविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिँदै आवश्यक कानुनी प्रक्रिया अघि बढाएका छन्। साथै, अपुष्ट समाचारका आधारमा धारणा नबनाउन शुभचिन्तक तथा आम नागरिकलाई आग्रह गरेका छन्।
प्रतिक्रियाहरू (0)