आरुघाट, गोरखा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आरुघाट गाउँपालिकाका सबै वडामा वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत चयन भएका छन्।
आरुघाट गाउँपालिकाका १० वटै वडामा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्दै वडा अधिवेशन सम्पन्न भएको हो। अधिवेशनबाट वडा नं. १ मा खड्क ब. गुरुङ, वडा नं. २ मा सन्तोष गुरुङ, वडा नं. ३ मा अजय गुरुङ, वडा नं. ४ मा नवीन गुरुङ, वडा नं. ५ मा दमन गुरुङ, वडा नं. ६ मा शेर ब. गुरुङ, वडा नं. ७ मा विश्व राम अधिकारी, वडा नं. ८ मा देविदत्त खनाल, वडा नं. ९ मा रजिब बोहरा र वडा नं. १० मा गोबिन्द श्रेष्ठ वडा सभापतिमा चयन भएका छन्।
यस अधिवेशनमा विशेष चर्चा भने आरुघाट गाउँपालिका–५ का दमन गुरुङले पाएका छन्। २८ वर्षको उमेरमै वडा सभापतिमा चयन भएका गुरुङ आरुघाट गाउँपालिकाभरिका सबैभन्दा कान्छा वडा सभापति बनेका छन्।
युवा उमेरमै पार्टीको वडा तहको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका गुरुङको चयनलाई आरुघाट कांग्रेसको वडा अधिवेशनको उल्लेखनीय पक्षका रूपमा हेरिएको छ। वडा सभापतिको जिम्मेवारीसँगै उनले आफ्नो वडाको संगठनलाई नेतृत्व गर्ने तथा पार्टीका आगामी गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिम्मेवारी पाएका छन्।
आरुघाट गाउँपालिकाका सबै वडामा नेतृत्व सर्वसम्मत रूपमा चयन हुनुका साथै क्षेत्रीय प्रतिनिधिहरू समेत चयन भएपछि वडा तहको अधिवेशन प्रक्रिया सम्पन्न भएको छ।
नवनिर्वाचित सम्पूर्ण वडा सभापति, वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
त्यस्तै, प्रत्येक वडामा अधिवेशन सफलतापूर्वक सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सम्पूर्ण निर्वाचन अधिकृतहरूप्रति समेत धन्यवाद व्यक्त गरिएको छ।
प्रतिक्रियाहरू (0)