रिसर्च गोर्खा
ब्रेकिङ
रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता
अर्थतन्त्र

गोरखा सेवा समाज कतारद्वारा बाढीपीडितका लागि सहयोग रकम हस्तान्तरण !!

गोरखा सेवा समाज कतारद्वारा बाढीपीडितका लागि सहयोग रकम हस्तान्तरण !!

गोरखा सेवा समाज कतारद्वारा बाढीपीडितका लागि सहयोग रकम हस्तान्तरण !!


नेपालका विभिन्न भागमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित भएकाहरूलाई राहत पुऱ्याउने उद्देश्यले गोरखा सेवा समाज कतारले आर्थिक सहयोग हस्तान्तरण गरेको छ।


भदौ १० गते चीनको ल्होचाङ क्षेत्रबाट आएको लेदोसहितको बाढीका कारण विशेष गरी रसुवा र नुवाकोट लगायतका क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै समाजले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो।


गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद कतारको नेतृत्वमा गठित राहत संकलन समितिमार्फत नेपाल सरकारको राहत कोषमा जम्मा हुने गरी गोरखा सेवा समाज कतारले २,५६५ कतारी रियाल हस्तान्तरण गरेको छ।


उक्त रकम गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष नन्दलाल वि.क. (अजय) लाई हस्तान्तरण गरिएको हो। रकम हस्तान्तरण कार्यक्रममा गोरखा सेवा समाज कतारका अध्यक्ष विकास श्रेष्ठ, महासचिव रविबहादुर भट्ट र कोषाध्यक्ष अशोक श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।


संस्थाले प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ। साथै, उक्त सहयोग रकम यथाशीघ्र नेपाल सरकारको आधिकारिक राहत कोषमा पठाउन अनुरोध गरिएको छ।

सम्बन्धित समाचार

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिनुहोस्

सरला खनाल

सरला खनाल

रिसर्च गोर्खा निष्पक्ष र सत्य पत्रकारितालाई अगाडि बढाउने उद्देश्यका साथ यो संस्थाको स्थापना गरिएको हो।