रिसर्च गोर्खा
ब्रेकिङ
रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता
समाज

लोक तथा दोहोरि गायक तथा मोडल रायन बस्यालको भतिजी विष्णुमाया अजिरकोटमा प्रथम!

लोक तथा दोहोरि गायक तथा मोडल रायन बस्यालको  भतिजी विष्णुमाया अजिरकोटमा प्रथम!

लोक तथा दोहोरि गायक तथा मोडल रायन बस्यालको भतिजी विष्णुमाया अजिरकोटमा प्रथम!


अजिरकोट गाउँपालिकाको समन्वयमा गाउँपालिकास्तरीय बाल सञ्जालले आयोजना गरेको अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा श्री हिमालय माध्यमिक विद्यालय, अजिरकोट–४ सिम्जुङ, झ्यावाकी कक्षा १० मा अध्ययनरत छात्रा विष्णुमाया वस्यालले प्रथम स्थान हासिल गरेकी छन्।


६२औँ बाल दिवस २०८३ को अवसरमा भदौ २९ गते ‘बालमैत्री स्थानीय शासनको महत्व’ विषयमा आयोजित प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि विद्यालय परिवारले विष्णुमायालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।


विष्णुमाया अहिलेका चर्चित तथा लोकप्रिय गायक तथा मोडल रायन वस्यालकी भतिजी समेत हुन्। गोरखाको भच्चेक, घामपानीको छाता लगायतका गीतमार्फत दर्शक–श्रोताको मन जित्न सफल रायनका नयाँ सिर्जनाहरू पनि निरन्तर सार्वजनिक भइरहेका छन्।


कलाक्षेत्रमा चर्चित काकाको पारिवारिक सम्बन्धसँगै विष्णुमायाले शिक्षा क्षेत्रमा देखाएको यो सफलता पनि अहिले गोरखामा चर्चाको विषय बनेको छ।

सम्बन्धित समाचार

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिनुहोस्

सरला खनाल

सरला खनाल

रिसर्च गोर्खा निष्पक्ष र सत्य पत्रकारितालाई अगाडि बढाउने उद्देश्यका साथ यो संस्थाको स्थापना गरिएको हो।