रिसर्च गोर्खा
ब्रेकिङ
रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता
अन्य

जन्मदिनको अवसरमा गायक रायन बस्यालले गरे ‘घामको झुल्को–२’ ल्याउने घोषणा !!

जन्मदिनको अवसरमा गायक रायन बस्यालले गरे ‘घामको झुल्को–२’ ल्याउने घोषणा !!

गोरखाका चर्चित गायक, सर्जक तथा मोडल रायन बस्यालले आफ्नो जन्मदिनको अवसर पारेर दर्शकमाझ लोकप्रिय गीत ‘घामको झुल्को’ को दोस्रो भाग ‘घामको झुल्को–२’ ल्याउने घोषणा गरेका छन्।

पछिल्लो समय फरक–फरक स्वादका गीतसंगीत प्रस्तुत गर्दै आएका बस्यालले आज मंसिर ३ गते परेको आफ्नो जन्मदिनको अवसरमा नयाँ गीत ल्याउने घोषणा गरेका हुन्।

उनको पहिलो गीत ‘घामको झुल्को’ लाई दर्शक तथा स्रोताले अत्यधिक रुचाएका थिए। सोही गीतको निरन्तरताका रूपमा आउन लागेको ‘घामको झुल्को–२’ मा लोकप्रिय गायिका शान्तिश्री परियारले पनि स्वरमा साथ दिने भएकी छन्।

बस्याल र गायिका परियारले भिडियो सन्देशमार्फत दुवै जनाको सहकार्यमा गीत ल्याउने तयारी भइरहेको जानकारी दिएका हुन्।

‘घामको झुल्को–२’ को घोषणासँगै रायनका शुभेच्छुक तथा संगीतप्रेमी दर्शक–स्रोतामाझ नयाँ गीतप्रति उत्सुकता बढेको छ।

सम्बन्धित समाचार

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिनुहोस्

सरला खनाल

सरला खनाल

रिसर्च गोर्खा निष्पक्ष र सत्य पत्रकारितालाई अगाडि बढाउने उद्देश्यका साथ यो संस्थाको स्थापना गरिएको हो।