गोरखा । गण्डकी गाउँपालिका–५, दर्बुङका राजन गैरेले मनाङस्थित ६ हजार ३८ मिटर अग्लो चुलु फार ईस्ट हिमालको सफल आरोहण गरेका छन्।
सशस्त्र प्रहरी बल नेपालमा कार्यरत गैरेले कात्तिक ३० गते
बिहान ६:२५ बजे हिमालको चुचुरोमा पुग्न सफल भएका हुन् ।
आरोहणपछि उनले सशस्त्र प्रहरी बल नेपालसँगै गण्डकी गाउँपालिका र आफ्नो गाउँ दर्बुङको पहिचान झल्किने ब्यानरसमेत फहराएका छन्।
गाउँ र संगठनको गौरव हिमालको शिखरसम्म पुर्याएका गैरेको सफलताले समग्र गोरखावासीलाई गौरवान्वित बनाएको छ।
राजन गैरेलाई हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना! 🇳🇵❤️
#ResearchGorkha #Gorkha #ChuluFarE
प्रतिक्रियाहरू (0)