नेपाल AIIB को उपाध्यक्षमा चयन भएको छ !
नेपाल एसियाली पूर्वाधार लगानी बैंक (AIIB ) को गैर-क्षेत्रीय सदस्यतर्फ आगामी वर्षका लागि उपाध्यक्षमा चयन भएको छ।
कतारको दोहामा जारी ११औँ वार्षिक बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त जिम्मेवारी औपचारिक रूपमा ग्रहण गरेका हुन् । बैठकमा उनले विकासशील मुलुकको पूर्वाधारमा सहुलियतपूर्ण लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रियाहरू (0)