रिसर्च गोर्खा
ब्रेकिङ
रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता
प्रविधि

एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न आरुघाट गाउँपालिकाको आग्रह, ए एम आर सचेतना सप्ताह मनाइँदै !!

एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न आरुघाट गाउँपालिकाको आग्रह, ए एम आर सचेतना सप्ताह मनाइँदै !!

एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न आरुघाट गाउँपालिकाको आग्रह, ए एम आर सचेतना सप्ताह मनाइँदै,


गोरखा । प्रतिजैविक औषधि (एन्टिबायोटिक) को जथाभावी प्रयोग र दुरुपयोगले मानव स्वास्थ्यमा गम्भीर जोखिम बढाउँदै लगेपछि आरुघाट गाउँपालिकाले यसको रोकथामका लागि जनचेतनामूलक सन्देश जारी गरेको छ।


विश्व प्रतिजैविक प्रतिरोध (ए एम आर) सचेतना सप्ताह २०२६ को अवसरमा गाउँपालिकाको स्वास्थ्य शाखाले ‘एक स्वास्थ्य, एक अभियान : प्रतिजैविक प्रतिरोध रोकथामका लागि आजै कदम चालौँ’ भन्ने नारासहित सचेतनामूलक अभियान अघि सारेको हो।


गाउँपालिकाले चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक प्रयोग नगर्न, तोकिएको मात्रा र अवधिसम्म मात्र औषधि सेवन गर्न, बाँकी रहेको एन्टिबायोटिक अरूलाई नदिन तथा पशुपन्छीमा समेत यसको विवेकपूर्ण प्रयोग गर्न आग्रह गरेको छ। साथै, सरसफाइ, स्वच्छता र संक्रमण रोकथाममा ध्यान दिन तथा मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणबीचको अन्तरसम्बन्ध बुझ्न सबैलाई अनुरोध गरेको छ।


एन्टिबायोटिकको जथाभावी प्रयोगले ब्याक्टेरियामा औषधि प्रतिरोध क्षमता बढ्दै जाँदा सामान्य संक्रमणको उपचारसमेत कठिन र जोखिमपूर्ण बन्न सक्ने भएकाले यसको नियन्त्रणमा सबैको साझा जिम्मेवारी रहेको गाउँपालिकाले जनाएको छ।


मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणको संरक्षण नै प्रतिजैविक प्रतिरोध नियन्त्रणको आधार हो।

सम्बन्धित समाचार

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिनुहोस्

सरला खनाल

सरला खनाल

रिसर्च गोर्खा निष्पक्ष र सत्य पत्रकारितालाई अगाडि बढाउने उद्देश्यका साथ यो संस्थाको स्थापना गरिएको हो।