अब आरुघाट गाउँपालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक PAN दर्ता सेवा सुरु !!
गोरखा । आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयबाट हुँदै आएको व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (PAN) दर्तासम्बन्धी सेवा आज मिति २०८३ मङ्सिर ३ गतेदेखि आरुघाट गाउँपालिकाको कार्यालयबाटै सुरु गरिएको छ।
अबदेखि करदाता दर्तासम्बन्धी सम्पूर्ण कार्य गाउँपालिकाको कार्यालयबाट नियमित रूपमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।
यस सेवाको सुरुवातसँगै PAN दर्ताका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने र स्थानीय नागरिक तथा व्यवसायीलाई सहज हुने अपेक्षा गरिएको छ।
प्रतिक्रियाहरू (0)