रिसर्च गोर्खा
ब्रेकिङ
रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता
स्वास्थ्य

आरुघाटमा चारदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६०८ जनाले गराए स्वास्थ्य परीक्षण !!

आरुघाटमा चारदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६०८ जनाले गराए स्वास्थ्य परीक्षण !!

गोरखा । शान्ति नेपालको आयोजना, BMDMI Nepal को सहयोग तथा आरुघाट गाउँपालिकाको समन्वयमा गोरखाको आरुघाट गाउँपालिकामा सञ्चालित चारदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

गाउँपालिकाको वडा नं. ७ स्थित सातदोवाटे स्वास्थ्य केन्द्र र वडा नं. ३ को वडा कार्यालयमा सञ्चालन गरिएको शिविरबाट कुल ६०८ जना नागरिक लाभान्वित भएका छन्।

शिविरमा मुटुरोग, हाडजोर्नी तथा दन्त उपचारसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो। साथै जनरल फिजिसियनमार्फत स्वास्थ्य परीक्षण, आवश्यक औषधि वितरण तथा स्वास्थ्य परामर्श सेवा उपलब्ध गराइएको थियो। थप उपचार आवश्यक पर्ने बिरामीलाई उपचारका लागि समन्वयसमेत गरिएको आयोजकले जनाएको छ।

स्वास्थ्य परीक्षणका क्रममा जटिल प्रकृतिका रोग पहिचान भएका बिरामीलाई थप उपचारका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोगसमेत उपलब्ध गराइने शान्ति नेपालका परियोजना व्यवस्थापक इन्द्रमान शाक्यले जानकारी दिनुभयो।

ग्रामीण तथा स्वास्थ्य सेवाको सहज पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरले स्थानीय बासिन्दालाई गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर प्रदान गरेको छ।

सम्बन्धित समाचार

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिनुहोस्

सरला खनाल

सरला खनाल

रिसर्च गोर्खा निष्पक्ष र सत्य पत्रकारितालाई अगाडि बढाउने उद्देश्यका साथ यो संस्थाको स्थापना गरिएको हो।