रिसर्च गोर्खा
ब्रेकिङ
रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता
स्वास्थ्य

आरुघाटमा निःशुल्क स्वास्थ्य शिविरबाट ३५० जना लाभान्वित !!

आरुघाटमा निःशुल्क स्वास्थ्य शिविरबाट ३५० जना लाभान्वित !!

आरुघाटमा विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविर, ३५० जना लाभान्वित; बाँकी दुई दिन वडा नं. ३ मा सञ्चालन हुने।


ग्रामीण क्षेत्रका नागरिकलाई गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित गोरखाको आरुघाटमा चारदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ।


शान्ति नेपालको आयोजना, BMDMI Nepal को सहयोग तथा आरुघाट गाउँपालिकाको समन्वयमा कार्तिक २७ र २८ गते आरुघाट गाउँपालिका–७ स्थित सातदोवाटे स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिएको हो।


शिविरमा मुटुरोग, हाडजोर्नी तथा दन्तरोग विशेषज्ञसहित जनरल फिजिसियनबाट स्वास्थ्य परीक्षण, आवश्यक औषधि वितरण तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको छ। थप उपचार आवश्यक पर्ने बिरामीका लागि समेत समन्वय गरिएको छ। दुई दिनमा ३५० जना नागरिकले सेवा लिएका छन्।


शिविरको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु गुरुङ तथा वडा नं. ७ का अध्यक्ष गणेश अधिकारी र वडा नं. ८ का अध्यक्ष मुरारी खनालको उपस्थिति रहेको थियो।


शान्ति नेपालका प्रोजेक्ट म्यानेजर इन्द्रमान शाक्यका अनुसार शिविरका बाँकी दुई दिन अर्थात् कार्तिक २९ र ३० गते आरुघाट गाउँपालिका वडा नं. ३ को कार्यालयमा सञ्चालन गरिनेछ।


गाउँमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा उपचार सेवा पाउँदा स्थानीय नागरिक लाभान्वित भएका छन्। स्वास्थ्य उपचारको पहुँचबाट टाढा रहेका नागरिकका लागि यस्ता निःशुल्क स्वास्थ्य शिविर महत्वपूर्ण अवसर बनेका छन्।


सम्बन्धित समाचार

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिनुहोस्

सरला खनाल

सरला खनाल

रिसर्च गोर्खा निष्पक्ष र सत्य पत्रकारितालाई अगाडि बढाउने उद्देश्यका साथ यो संस्थाको स्थापना गरिएको हो।