प्रधानमन्त्री बालेन्द्र शाह र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ। वार्तामा प्रधानमन्त्री शाहले रसुवाको बाढीपछिको तीव्र उद्धारबारे जानकारी गराउँदै न्युजिल्यान्डले दिएको २० लाख डलर मानवीय सहायताप्रति आभार जनाउनुभयो। साथै, उहाँले जलवायु क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्नुभयो। लक्सनले विपद्प्रति गहिरो समवेदना व्यक्त गर्दै ऐक्यबद्धता जनाउनुभयो।
प्रधानमन्त्री बालेन शाह र न्युजिल्यान्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता ।।
प्रतिक्रियाहरू (0)