गोरखाको आरुघाट गाउँपालिकामा सञ्चालन भइरहेको अन्तरविद्यालय गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो दिनसम्मको पदक तालिका सार्वजनिक भएको छ।
सार्वजनिक पदक तालिकाअनुसार श्री भवानी माध्यमिक विद्यालय ६ स्वर्ण, ७ रजत र ४ कास्य गरी कुल १७ पदकसहित पहिलो स्थानमा रहेको छ।
त्यस्तै, श्री भीमोदय माध्यमिक विद्यालय ४ स्वर्ण, ३ रजत र ६ कास्य गरी १३ पदकसहित दोस्रो स्थानमा रहेको छ भने नेटिजन एड्भान्स स्कुल ३ स्वर्ण, ३ रजत र २ कास्य गरी ८ पदकसहित तेस्रो स्थानमा रहेको छ।
प्रतियोगितामा हालसम्म १८ विद्यालयले सहभागिता जनाउँदा कुल २२ स्वर्ण, २२ रजत र २२ कास्य गरी ६६ पदक वितरण भएका छन्।
प्रतियोगिता मंसिर १३ गतेसम्म भीमोदय माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ।
प्रतिक्रियाहरू (0)