आरुघाट गाउँपालिकाको शैक्षिक उपलब्धि र सिर्जनात्मक प्रतिभा उजागर गर्ने उद्देश्य सहित दोस्रो शैक्षिक मेला हुँदै !!
गोरखा । आरुघाट गाउँपालिकाको शैक्षिक गतिविधि, उपलब्धि तथा विद्यार्थी र शिक्षकमा रहेको सिर्जनात्मक प्रतिभा उजागर गर्ने उद्देश्यसहित आरुघाटमा दोस्रो शैक्षिक मेला–२०८३ आयोजना हुने भएको छ।
आरुघाट गाउँपालिकाको आयोजनामा आगामी २०८३ मङ्सिर १० गते श्री भीमादय माध्यमिक विद्यालय, आरुघाट–९ मा मेला सञ्चालन हुने भएको हो।
मेलामा पुस्तक बगैँचामार्फत बालसाहित्यका पुस्तक प्रदर्शनी तथा पठनसम्बन्धी सिर्जनात्मक र मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिनेछ। त्यस्तै, नेपाली तथा गणित विषयका विषयगत शैक्षिक सामग्री प्रदर्शनी, जलवायु परिवर्तन र यसका असरबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जलवायु चौतारीसमेत सञ्चालन गरिनेछ।
प्रतिक्रियाहरू (0)