ब्रेकिङ
रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता
विश्व

ट्राफिक प्रहरीको दण्डात्मक शैली बदल्नुपर्नेमा जोड, चालकलाई तालिम र प्रोत्साहन दिन सुझाव !!

ट्राफिक प्रहरीको दण्डात्मक शैली बदल्नुपर्नेमा जोड, चालकलाई तालिम र प्रोत्साहन दिन सुझाव !!

ट्राफिक व्यवस्थापन र सडक सुरक्षा सुधारका लागि चालकलाई दण्डित गर्नेभन्दा सचेतना, तालिम र प्रोत्साहनमा जोड दिनुपर्ने आवाज उठेको छ।

सुरक्षित रूपमा सवारी चलाउने चालकलाई ‘सेफ ड्राइभिङ अवार्ड’ प्रदान गर्न, यातायात व्यवसायीको सहभागितामा नियमित अनलाइन तालिम सञ्चालन गर्न तथा उत्कृष्ट चालकलाई पुरस्कार र भत्ताको व्यवस्था गर्न सुझाव दिइएको छ।

वक्ताले ट्राफिक प्रहरीको दण्डात्मक कार्यशैलीमा सुधार आवश्यक रहेको उल्लेख गर्दै चालकलाई लखेट्ने र तत्काल सजाय दिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए। ट्राफिक चेकिङबाट भाग्ने क्रममा भएका दुर्घटना र मानवीय क्षतिको समेत तथ्याङ्कसहित समीक्षा गर्नुपर्ने उनको भनाइ छ।

उनले अध्ययन, अनुसन्धान, चालकको समस्या पहिचान र सचेतनामूलक कार्यक्रममार्फत सडक दुर्घटना न्यूनीकरण गर्नुपर्नेमा जोड दिएका छन्।

सम्बन्धित समाचार

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिनुहोस्

सरला खनाल

सरला खनाल

रिसर्च गोर्खा निष्पक्ष र सत्य पत्रकारितालाई अगाडि बढाउने उद्देश्यका साथ यो संस्थाको स्थापना गरिएको हो।