बुढीगण्डकीमा यूएईको लगानी भित्र्याउनेदेखि सुरक्षा प्रविधि उत्पादनसम्मको प्रस्ताव लिएर गृहमन्त्री सुधन गुरुङले भेटे यूएईका मन्त्री !
नेपालका गृहमन्त्री सुधन गुरुङले अबुधाबीमा संयुक्त अरब इमिरेट्स (यूएई) का वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग भेटवार्ता गरेका छन्।भेटमा बुढीगण्डकी जलविद्युत् आयोजनामा यूएईको लगानी, कृषि, सेवा क्षेत्र तथा सुरक्षा प्रविधिमा सहकार्यबारे छलफल भएको छ। साथै आधुनिक सुरक्षा उपकरण उत्पादन र सुरक्षा निकायलाई प्रविधिमैत्री बनाउने विषयमा पनि विचार आदानप्रदान भएको छ। नेपालले अघि सारेका प्रस्तावमा औपचारिक छलफल र आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा दुवै पक्ष सकारात्मक देखिएका छन्।
प्रतिक्रियाहरू (0)