रिसर्च गोर्खा
ब्रेकिङ
रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता
समाज

अब नागरिकताको प्रतिलिपि लिन जिल्ला धाउन नपर्ने !!

अब नागरिकताको प्रतिलिपि लिन जिल्ला धाउन नपर्ने !!

काठमाडौं । अन्य जिल्लाबाट नेपाली नागरिकता लिएका नागरिकले अब काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन्।


यसअघि नागरिकताको प्रतिलिपि लिन नागरिकता जारी भएको जिल्लामै पुग्नुपर्ने बाध्यता थियो। नयाँ व्यवस्थासँगै काठमाडौं उपत्यकामा बसोबास गर्ने नागरिकलाई नागरिकताको प्रतिलिपि लिन सहज हुने भएको छ।


यस व्यवस्थाले विशेषगरी रोजगारी, अध्ययन तथा अन्य कामका सिलसिलामा काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ।


नागरिकता सम्बन्धी सेवा सहज र सरल बनाउने उद्देश्यले गरिएको यस व्यवस्थाले सेवाग्राहीको समय र खर्च दुवै बचत हुने विश्वास गरिएको छ।


सम्बन्धित समाचार

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिनुहोस्

सरला खनाल

सरला खनाल

रिसर्च गोर्खा निष्पक्ष र सत्य पत्रकारितालाई अगाडि बढाउने उद्देश्यका साथ यो संस्थाको स्थापना गरिएको हो।