बूढीगण्डकीको बाढीले टाइम्स इनर्जीका १५ संरचना बगायो, १८ कर्मचारी भागेर बाँचे !
गोरखाको सल्लेरीस्थित टाइम्स इनर्जी प्रालिमा बूढीगण्डकीको आकस्मिक बाढीले ९ वटा ब्लक र ६ वटा सार्वजनिक भवन बगाएको प्राधिकरणले जनाएको छ।
बाढीको सूचना पाएपछि आयोजनाका १८ कर्मचारी अग्लो स्थानमा पुगेर ज्यान जोगाएका छन्। नेपाली सेनाले जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरेको छ भने थप उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।
प्रतिक्रियाहरू (0)