यात्राका क्रममा भेटिएको एक लाख रुपैयाँ प्रहरीलाई बुझाएर रमीण दाहालले देखाए इमानदारी
धादिङ — धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–बिशालनगर निवासी रमिन दाहाल. बाटोमा भेटिएको ठूलो रकम सम्बन्धित प्रहरी कार्यालयमा बुझाएर इमानदारीको उदाहरण प्रस्तुत गरेका छन्।
आरुघाटबाट काठमाडौं जाने क्रममा मलेखु अफरोड क्षेत्रमा यात्रा गरिरहेका दाहालले सडकमा बेवारिसे अवस्थामा रहेको रु. १ लाख नगद फेला पारेका थिए। रकम भेटिएपछि उनले त्यसलाई आफूसँग नराखी नजिकैको प्रहरी चौकीमा बुझाएका हुन्।
भेटिएको रकम सम्बन्धित व्यक्तिसम्म पुगोस् भन्ने उद्देश्यले दाहालले तत्काल प्रहरीलाई रकम हस्तान्तरण गरेका थिए। उनको यस कार्यले समाजमा इमानदारी, जिम्मेवारी र मानवीयताको सकारात्मक सन्देश दिएको छ।
रकम फेला पारेर पनि व्यक्तिगत स्वार्थ नराखी प्रहरीलाई बुझाउने दाहालको कार्य प्रशंसनीय रहेको स्थानीयहरूले बताएका छन्।
प्रतिक्रियाहरू (0)