ब्रेकिङ
रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता
समाज

गोरखामा दुई बस ठोक्किँदा पाँच जना घाइते !!

गोरखामा दुई बस ठोक्किँदा पाँच जना घाइते !!

गोरखामा दुई बस ठोक्किँदा पाँच जना घाइते




गण्डकी गाउँपालिकाको गैरीचौतारामा दुई बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । 


काठमाडौंबाट गोरखातर्फ आउँदै गरेको ग१ख ८६०६ नम्बरको बस र गोरखाको भच्चेकबाट काठमाडौंतर्फ जाँदै गरेको ग२ख ९८३ नम्बरको बस शनिबार एकापसमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।




दुर्घटनामा गण्डकी गाउँपालिकाका १० वर्षीय भरत वराम, शहिद लखन गाउँपालिकाको नाम्जुङकी २३ वर्षीय कृतिका तिवारी, ३० वर्षीय सविना श्रेष्ठ, गण्डकीका ६२ वर्षीय मनबहादुर श्रेष्ठ र शहिद लखन गाउँपालिकाको बसन्तीगाउँकी ३५ वर्षीया सुमित्रा श्रेष्ठ घाइते भएका छन् । 


घाइतेमध्ये भरत वराम र सुमित्रा श्रेष्ठलार्ई स्थानीय मेडिकलहलमा उपचार गरी थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ । तीन जना घाइतेको भने प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए । 


पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको सडक भासिएपछि बेनिघाट हुँदै फुजेलको बाटो भएर यातायातका साधन चलिरहेका छन् । 

सम्बन्धित समाचार

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिनुहोस्

सरला खनाल

सरला खनाल

रिसर्च गोर्खा निष्पक्ष र सत्य पत्रकारितालाई अगाडि बढाउने उद्देश्यका साथ यो संस्थाको स्थापना गरिएको हो।