विपिनले नचिनेपछि विपिनको नियतमा प्रश्न उठाउँदै इभाले भनीन् : मेरो अनुहार त उही हो, उहाँले कहाँ हेर्नुभयो ? उहाँहरूको छोरीलाई पनि त्यस्तो भन्दाखेरि कस्तो हुन्छ होला ?
चिन्न नसक्दाको स्पष्टीकरण दिँदै अभिनेता विपिन कार्की : "ए" तर यस्तो लुगा लगाएर इभा गिरीलाई देखाउनुभएछ। हाम्रो दिमागमा अर्कै इमेज छ। नत्र म चिन्थेँ।
साडीमा अनुहार त एउटै हो मेरो, उहाँले कहाँ चाहिँ हेर्नुभयो ? कि उहाँको सोच नै गलत हो। त्यो चाहिँ मलाई एकदमै फिल भइराखेको छ। उहाँहरूको सोच नै गलत जस्तो लाग्यो। अनुहार त एउटै हो, हैन ? मैले त्यसरी एआई त गरेको छैन। चेन्ज गरेको त छैन मेरो अनुहार।
आइसिङ्क नचिनिने कुरै हुँदैन, अनुहार त सेम नै त हो। उहाँहरूको छोरीलाई पनि त्यस्तो भन्दाखेरि कस्तो हुन्छ होला ? एकचोटि उहाँले पनि फिल गर्नु पर्छ होला त्यो कुरा चाहिँ। यो गलत हो।
तपाईंसँग प्ल्याटफर्म छ भन्नेबित्तिकै मनमा जे आए पनि भन्न मिलेन नि त, हैन र ? यत्रो ठूलो कलाकार भएर त्यस्तो भन्दिनुभएको रहेछ। फेमस हो भन्दैमा त्यस्तोसम्म नबोलेको भए हुन्थ्यो। मैले त्यस्तो एक्सपेक्ट गरेको थिइनँ उहाँबाट। तर, मैले मनमा चाहिँ लिएको छैन।
प्रतिक्रियाहरू (0)